सुनको भाउ घट्यो

हेटौंडा खबर
२८ चैत्र २०७८, सोमबार १२:२०

सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको हो ।

आइतबार प्रतितोला एक लाख ३०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर एक लाख २०० रुपैयाँमा कारोबार हुने भएको हो । यसैगरी तेजावी सुनको मूल्य ९९ हजार ८०० रुपैयाँमा कारोबार हुँदै आएकोमा आज घटेर ९९ हजार ६०० रुपैयाँमा झरेको छ ।

यता, चाँदीको भाउ भने स्थिर रहेको महासंघले जनाएको छ । यसअघि प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*