मोबाइल आयातमा रोक

हेटौंडा खबर
२८ चैत्र २०७८, सोमबार १३:०६

वाणिज्य बैंकले अबदेखि मोबाइल आयातको एलसी नखोल्ने निर्णय गरेका छन् । बैकर्स संघको बैठकले तत्कालको लागि केही समय मोबाइल फोनको एलसी नखोल्ने निर्णय गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गर्दा मोबाइलमा नगद मार्जिनको व्यवस्था गरेको थिएन । बैकर्स संघको आइतबारको बैठकले मोबाइल फोनको एलसी नखोल्ने निर्णय गरेको हो ।

भन्सार विभागको तथ्यांक अनुसार फागुन मसान्तसम्म करिब ३१ करोड रुपैयाँको मोबाइल फोन आयात भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*