निर्वाचन खर्चबारे थप प्रष्ट पार्न आयोगले कोइरालालाई पत्र पठाउँदै

हेटौंडा खबर
२८ चैत्र २०७८, सोमबार १३:२८

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले २०७४ सालको निर्वाचनमा भएको खर्चको दाबी र निर्वाचन आयोगमा बुझाएको विवरण फरक परेपछि यसबारे थप प्रष्ट पार्न आयोगले उनलाई पत्र पठाउने भएको छ ।

निर्वाचन आयोगले खर्चको विवरण नमिलेकाले थप प्रष्ट पार्न कोइरालालाई ध्यानाकर्षण पत्र पठाउन लागेको हो । आयोग स्रोतले दिएको जानकारी अनुसार आइतबार बसेको आयोगको पदाधिकारी बैठकले यसबारे छलफल गर्दै विवरण हेरेको थियो ।

आयोगमा रहेको विवराणमा कोइरालाले २१ लाख ७५ हजार मात्र निर्वाचन खर्च देखिएकाले कसरी ६ करोड भयो भनेर प्रष्ट हुनका लागि कोइरालाई पत्र पठाउन लागिएको ओग स्रोतको भनाई छ । कांग्रेस नेता कोइरालाले ७४ को निर्वाचनमा चुनाव खर्च २१ लख ७५ हजार खर्च विवरण बुझाएपनि शनिबार एक सार्वजनिक कार्यक्रममा ६ करोड खर्च भएको बताएका दिए ।

नेता कोइरालाले शनिबार निर्वाचन खर्च महंगो हुँदै गएको बताए थिए । खर्चकै कारण निर्वाचन लड्न नसकिने स्थिति आएको उनको भनाई थियो । नवलपरासीबाट तीन पटक निर्वाचन लड्दा खर्च अधिक भएको महसुस गरेको उनले बताएका थिए । ‘तीन पटक निर्वाचन लडें । पहिलो पटक ८० हजार खर्च भयो ।’

दोस्रो पटक तीन करोड खर्च भयो र तेस्रो पटक ६ करोड खर्च भयो,’ नेपाल विद्यार्थी संघ इलाम काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै कोइरालाले भनेका थिए । उनले विद्यार्थीलाई राजनीतिभन्दा पनि अध्ययनमा जोड दिन आग्रह गरे । देश बनाउने युवा विद्यार्थीहरू भन्दै अध्ययन सकेर राजनीतिमा आउनुपर्नेमा जोड दिएका थिए ।

कोइरालाले, पहिलो, दोस्रो र तोस्रो गदौ १० करोड लाग्यो भने अब कति लाग्ला ?। निर्वाचन खर्च अति बढेर गयो । सवैले विर्नाचन लड्न नसक्ने अवस्था आयो । तपाइहरु पनि समय छँदै विचार गर्नुस ।’ उनले अब चुनाव लड्छु भन्नेबित्तिकै ६/७ करोड चाहिने अवस्था रहेको बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*