अर्थमन्त्री शर्माले पत्रकार सम्मेलन गर्दै

हेटौंडा खबर
२८ चैत्र २०७८, सोमबार १३:५१

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिन पत्रकार सम्मेलन डाकेका छन् । सोमबार दिउँसो ४ बजे अर्थ मन्त्रालयमा पत्रकारहरूलाई बोलाइएको हो ।गत विहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई छानबिनमा तानेपछि यतिखेर आर्थिक वृत्त तरङ्गित छ । अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न नसकेपछि गभर्नरलाई निलम्बन गरिएको भन्दै अर्थमन्त्रीविरुद्ध प्रचार भइरहेको छ ।

पत्रकार सम्मेलन क्रममा अर्थमन्त्री शर्माले देशको वर्तमान आर्थिक अवस्थालगायत आफूलाई विवादमा तान्न खोजिएका मामिलामा पनि धारणा राख्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*