एमालेको जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली बझाङमा

हेटौंडा खबर
२८ चैत्र २०७८, सोमबार १५:०५

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बझाङमा पुगेका छन् । एमाले जिल्ला कमिटी बझाङले सदरमुकाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न ओली आइपुगेका हुन् ।

ओलीको साथमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीका सुदूरपश्चिम प्रदेश सहइन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारी, पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायतका नेता कार्यकर्ता बझाङ आइपुगेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*