सेयर बजारमा उच्च गिरावट

हेटौंडा खबर
२८ चैत्र २०७८, सोमबार १५:५४

पूँजी बजारमा उच्च गिरावट आएको छ । सोमबार कारोबार सुरुआती समयमा सेयर बजार परिसूचक नेप्से बढेर २५०० अंक पार गरे पनि पछि ओर्लिंदै ४४ अंकभन्दा बढीले ऋणात्मक बन्यो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेपछि सामाजिक सञ्जालमा ठूला सेयर लगानीकर्ताले अब बजार बढ्नेभन्दै हल्ला पिटाएका थिए । उनीहरुलाई विश्वास गरेका साना लगानीकर्ता सोमबारको कारोबारमा चेपुवामा परे ।

कारोबार सुरु भएको ८ मिनेटसम्म नेप्से बढाएर ठूला लगानीकर्ताले साना लगानीकर्तालाई झुक्याएका लगानीकर्ताले नै बताएका छन् ।

आज नेप्से ४४.६४ विन्दुले ओर्लिएर २४१९.७१ विन्दुमा आइपुग्यो । समग्रमा नेप्से १.८१ प्रतिशतले झरेको हो । यसदिन कारोबार भएका सबै समूहमा गिरावट आयो ।१७६ कम्पनीको सेयर भाउ घट्दा १७ कम्पनीको बढ्यो । २ कम्पनीको स्थिर रह्यो । ५० लाख ९५ हजार बराबर कित्ता सेयर २ अर्ब २६ करोड रुपैयाँ बराबरमा खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*