‘साँढे ६ महिनालाई वैदेशिक आयात धान्न सक्ने रकम रहेको दाबी’

हेटौंडा खबर
२८ चैत्र २०७८, सोमबार १५:५६

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) उपमहासचिव डा. विजय पौडेलले सरकारसँग अझै साँढे ६ महिनालाई वैदेशिक आयात धान्न सक्ने रकम भएको दाबी गरेका छन् ।  सोमबार पार्टी केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा युवा संघ नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उपमहासचिव पौडेलले यस्तो बताएका हुन् ।

उनले नेपालमा चर्चा भएजत्तिको आर्थिक संकट नभएको पनि बताए । उपमहासचिव पौडेलले रकम बढी परिचालनमा ल्याउनको लागि अहिले उद्योग व्यवसायमा केही व्यवसायीहरुले तिर्न नसकेको ऋणलाई पुनः पूँजीकरणको सुविधा दिनुपर्ने बताए ।उनले ऋणमा रहेका व्यवसायीहरुलाई सरकारले पुनः पूँजीकरणको सुविधा दिँदा व्यापारीहरू पनि कालो सूची (ब्ल्याक लिस्ट) मा नपर्ने र काम पनि हुने बताए ।

उपमहासचिव पौडेलले विदेशमा भएका सबै नेपालीहरुलाई आफूले जम्मा पारेको पूँजी नेपालमा डलरमा पठाउन आह्वान गरेपनि आर्थिक संकटको समाधान हुने बताए ।उपमहासचिव पौडेलले विदेशमा आफन्त भएका परिवारहरुलाई श्रोत नखोजि ५/७ सय डलर बैंकमा जम्मा गर्न लगाउने हो भने राष्ट्रको संकट हट्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*