उद्योग वाणिज्य दिवसमा दृष्टिविहिन परिवारलाई खाद्यान्न वितरण

हेटौंडा खबर
२८ चैत्र २०७८, सोमबार १६:२२

मकवानपुर उद्योग वाणिज्य संघले उद्योग वाणिज्य दिवस मनाएको छ । हेटौंडाको बसामाडी निवासी दृष्टिविहिन परिवारलाई खाद्यान्न वितरण गरी उद्योग वाणिज्य दिवस मनाइएको हो ।

संघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालको नेतृत्वमा उक्त खाद्यान्न वितरण कार्यक्रम गरिएको थियो । एकै परिवारका पा“च सदस्य मध्ये तीनजना सदस्य दृष्टिविहिन रहेकोले खाद्यान्न वितरण गरिएको अग्रवालले बताए ।

पञ्च बहादुर सोनारले आरन चलाएको भरमा पाँच छोरी एक छोरी र श्रीमती गरि ८ जनाको परिवार पाल्दै आएका छन् । उनले २ छोरी भने विवाह गरेर पठाइसकेका छन् । आर्थिक कमजोरका साथै घरभित्रै तीन जना दृष्टि विहीन रहेकाले सहयोगको अपेक्षा गरेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, संघका उपाध्यक्ष प्रमोद सिंह रानाभाट, महासचिव दिपक उप्रेती, कोषाध्यक्ष सन्तोष कुमार अर्याल, सचिवद्वय राजाराम कार्की र श्रीकृष्ण कर्माचार्य, महिला उद्यमी विकास समितिका सभापति अंकिता सुमार्गी, कार्यसमिति सदस्यहरु तेजराज अधिकारी, सिता भेटवाल, विशेष आमन्त्रित सदस्य राजेन्द्र लामिछानेको सहभागिता रहेको थियो ।

नेपालभरका उद्योग वाणिज्य संघहरुले नेपाल उद्योग वाणिज्य महासंघको आव्हानमा हरेक वर्ष चैत्र २८ गतेको दिन उद्योग वाणिज्य दिवस मनाउने गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*