नारायण दाहालले राष्ट्रिय सभा सदस्यको सपथ लिँदै

हेटौंडा खबर
२९ चैत्र २०७८, मंगलवार ११:४५

माओवादी केन्द्रका नेता नारायण दाहालले राष्ट्रिय सभा सदस्यको सपथ लिँदैछन् ।

मंगलबार साढे ११ बजे संघीय संसद सचिवालयमा एक कार्यक्रमका बिच दाहाललाई सपथ गराउन लागिएको हो ।

दिगो विकास समितिको हलमा सपथ ग्रहण कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका भाइ नाता पर्ने उनी गत शुक्रबार राष्ट्रपतिबाट मनोनित भएका हुन् । संविधानको धारा ८६ को उपधारा (२०) को खण्ड (ख) बमोजिम उनलाई राष्ट्रपतिले मनोनित गरेकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*