वर्ल्डलिंकको बिल खल्तीबाट तिर्दा १० प्रतिशत भ्याट फिर्ता पाइने

हेटौंडा खबर
२९ चैत्र २०७८, मंगलवार १२:४१

 खल्ती डिजिटल वालेटबाट वर्ल्डलिंकको बिल भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ता प्राप्त गर्न सकिने भएको छ ।

साढे छ लाख वर्ल्डलिंक घरपरिवारलाई डिजिटल नेपालतर्फ सशक्त बनाउन नेपालमै पहिलो पटक इन्टरनेट प्रयोगकर्तालाई बिल भुक्तानीमा भ्याट रकमको १० प्रतिशत फिर्ता दिन लागिएको हो ।

आन्तरिक राजस्व विभाग र वर्ल्डलिंकसँग समन्वय गरी यो योजना अगाडि बढाइएको खल्तीले जनाएको छ ।उपभोक्ताले भ्याट रकमको चार्ज गरिएको १३ प्रतिशत भ्याटको १० प्रतिशत भ्याट फिर्ता पाउने छन् । यसका लागि खल्ती प्रयोगकर्ताले वर्ल्डलिंककाे इन्टरनेट जडान गरेको हुनुपर्ने छ ।

यो सुविधा व्यावसायिक कार्य प्रयोजनका लागि लागू नहुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*