काठमाडौंका ११ अस्पतालमा दुईजना मात्रै कोरोनाका बिरामी

हेटौंडा खबर
२९ चैत्र २०७८, मंगलवार १३:५७

देशभर कोभिड–१९ को संक्रमण घटेपछि अस्पतालमा भर्ना हुने बिरामीको संख्या न्यून छ । सोमबारसम्म देशभरका अस्पतालमा भर्ना भएका कोभिड–१९ संक्रमितको संख्या २४ मात्रै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकानुसार देशभर सक्रिय संक्रमित ५४४ जना छन् । तीमध्ये २४ जना अस्पतालमा भर्ना भएका छन्् । अस्पताल भर्ना भएका मध्ये ११ जना आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत छन् ।

काठमाडौं उपत्यकाका प्रमुख ११ अस्पतालमा दुईजन ामात्रै कोभिड–१९ संक्रमित उपचाररत छन् । ती अस्पतालमा आईसीयू र भेन्टिलेटरमा कुनै पनि बिरामी नरहेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु र भक्तपुर अस्पतालमा उपचाररत दुईजना संक्रमित सामान्य बेडमा छन् । उपत्यकाका अरू कुनै पनि अस्पतालमा कोरोनाका बिरामी नरहेको मन्त्रालयको तथ्यांक छ ।सोमबारसम्म नेपालमा कुल ११ लाख १८ हजार ७४३ जना कोभिड–१९ संक्रमित भएका छन् । संक्रमणका कारण ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*