२४०० अंकबाट झर्‍यो नेप्से

हेटौंडा खबर
२९ चैत्र २०७८, मंगलवार १४:०९

सेयर बजार परिसूचक नेप्से २३ सय अंकको लाइनमा झरेको छ ।

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि–ओपन सेसनमा सामान्य वृद्धि भए पनि नियमित कारोबार सेसन सुरु भएपछि घट्न लागेको नेप्से पहिलो करिब आधी घण्टाको कारोबारमा करिब २५ अंकले गिरावट भएर २३९५ अंकसम्म झर्‍यो ।

त्यसपछि भने नेप्से पुनः सुधारोन्मुख देखिएको छ । मंगलबार बिहान ११ हजार ३० मिनेटमा नेप्सेमा २०.५३ अंकले गिरावट भएर २३९९.२७ अंकमा पुगेको छ । यस अवधिमा दुई लाख ६२ हजार ४७९ कित्ता सेयर किनबेच हुँदा १३ करोड १५ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

गएको साता गभर्नर निलम्बित भए पनि सोमबार सुरुवाती समयमा बढेर २५०० अंकमाथि पुगेको नेप्से अन्तिममा ४४ अंकको गिरावट भएर बन्द भएको थियो । आज पनि सुरुवाती समयमा नेप्सेमा गिरावट देखिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*