अर्थतन्त्रको विकासका लागि दिगो विकास गर्नुपर्नेमा मन्त्री कार्कीको जोड

हेटौंडा खबर
२९ चैत्र २०७८, मंगलवार १५:२१

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र अर्थतन्त्रको विकासका लागि ग्रामिण र सहरी क्षेत्रबीचको विकासलाई दिगो बनाउनु पर्नेमा जोड दिएका छन् । मंगलबार सहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

उनले सबै नागरिकको जीवनस्तर उकास्न मानवीय एवं प्राविधिक सञ्जालको जडान गर्न आवश्यक रहेको पनि बताए । मन्त्री कार्कीले आजको युग सूचना र सञ्चारको युग भएको भन्दै यसले संसारलाई मानव जीवनमा कहिल्यै नभएको गतिमा परिवर्तन गरेको र बाच्ने तरिकालाई असर गरिरहेको बताए ।

मन्त्री कार्कीले समाज बिस्तारै अनेकौँ सपनाका कारण बस्तीहरु रित्तिँदै गएको र शहरमा बस्ने आकांक्षाले शहरलाई अव्यवस्थित बनाउँदै गएको बताए । उनले सहरीकरण कारण अहिले भएको विकास पनि एकान्की हुनसक्ने अवस्था सिर्जना भएको बताए । मन्त्री कार्कीले गाउँका जनतालाई गाउँमै बसौँ÷बसौँ लाग्ने नीति तर्जुमा गर्नु अहिलेको आवश्यक्ता भएको पनि बताए । मन्त्री कार्कीले अव्यवस्थित शहरीकरणका समस्यालाई समाधान गरेर समाजलाई गरीबीबाट माथि लाने, गाउँलाई सफा, सुन्दर र स्वच्छ बनाउने र शहरलाई पर्यटकको आकर्षण केन्द्र बनाउने कुरामा जोड दिनुपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*