राष्ट्र बैंकद्धारा पछिल्लो ८ महिनाको आर्थिक विवरण सार्वजनिक

हेटौंडा खबर
२९ चैत्र २०७८, मंगलवार १६:२०

नेपाल राष्ट्र बैंकले पछिल्लो ८ महिनाको आर्थिक विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार अर्थतन्त्रका धेरै सुचकहरु नकरात्मक देखिएको छ ।

उपभोक्ता मुल्य सुचांकमा आधारित मुद्रास्फिती ७.१४ प्रतिशत देखाएको छ । त्यस्तै, खाद्य तथा पेय पद्धार्थको मुल्यमा ७.५१ प्रतिशत रहेको छ । यसैगरी, अन्यमा ६.८४ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । त्यस्तै, यातायात, शिक्षा लगायतका क्षेत्रमा १७ प्रतिशतसम्म मुल्य बृद्धि भएको छ।

आयात ३८.६ प्रतिशतले र निर्यात ८२.९ प्रतिशतले बढेको छ । बैंकको अनुसार विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १.७ प्रतिशत र अमेरिकी डलरमा ३.० प्रतिशतले घटेको छ । त्यस्तै, शोधानान्त्तर स्थिति २५८ अर्ब ६४ कोडले घाटामा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*