फुटसल छनोटमा नेपाल अफगानिस्तानसँग पराजित

हेटौंडा खबर
२९ चैत्र २०७८, मंगलवार १६:४८

एसियाली फुटसल छनोटमा नेपाल मंगलबार अफगानिस्तानसँग पराजित भएको छ ।

नेपालले आफ्नो समूह ‘बी’ का तीनै खेल गुमाएको छ ।कर्गिस्तानको विस्केकमा भएको आफ्नो अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ८–१ गोल अन्तरले पराजित रह्यो । नेपालका तर्फबाट सुमित श्रेष्ठले एक गोल फर्काए ।

यसअघि नेपाल उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले र ताजाकिस्तानसँग ११–१ ले पराजति रहेको थियो । यो समूहबाट शीर्ष दुई स्थानमा रहेर उज्वेकिस्तान र ताजाकिस्तान एसियाकपका लागि छनोट भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*