एमालेबाट हेटौंडाको मेयर र उपमेयरमा तीन/तीन जनाको नाम सिफारिस

हेटौंडा खबर
२९ चैत्र २०७८, मंगलवार १६:४९

बैसाख ३०गते हुने  स्थानीय तह निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदका लागि नेकपा एमालेले तीन-तिन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको एमाले नगरकमिटी बैठकले मेयरका लागि हालका मेयर हरिबहादुर महत, संविधानसभा सदस्य अनन्त प्रसाद पौडेल र हालका जिल्ला समन्वय समितिका सदस्य गणेशकुमारी श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

मंगलबार भएको बैठक पनि सर्वसम्मत मेयरको उम्मेदवार चयन गर्न नसकेपछि उपमहानगर कमिटीले तीनजनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो । हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि नौ जनाले आकांक्षा व्यक्त गरेको भएपनि सहमति हुन नसक्दा तीनजनाको नाम सिफारिस गरिएको हो ।

हेटौंडाको मेयरका लागि एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, संबिधानसभा सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हालका मेयर हरिबहादुर महत, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, जिल्ला सचिवालय सदस्यहरु मदन दाहाल, ध्रुव चौलागाईं, गणेशकुमारी प्रधान र संगठित सदस्य विके महर्जनले आकांक्षा राखेका थिए ।

यस्तै एमालेले उपमेयरमा सुमित्रा काफ्ले, आरती पाठक र ईन्द्र प्रसाद नेपालको नाम सिफारिस गर्ने निर्णय गरेको छ । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडाको उपमेयरका लागि ७ जनाले आकांक्षा व्यक्त गरेको भएपनि तीन जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको हो ।

उपमेयर पदका लागि सुमित्रा काफ्ले, सीता बिष्ट, मेनुका दाहाल, प्रतिमा श्रेष्ठ, आरती पाठक, रमिला सापकोटा र इन्द्र नेपालले इच्छा व्यक्त गरेका थिए । जिल्ला कमिटीमा सिफारिस भएका उमेदवारहरुबीच पुन छलफल गराएर सकेसम्म एक-एक जनाको नाम प्रदेश कमिटी हुँदै केन्द्रिय कमिटीमा पठाईने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*