स्थानीय चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

हेटौंडा खबर
२९ चैत्र २०७८, मंगलवार १७:१९

राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनमा सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी छन् ।

राष्ट्रिय सुरक्षा परिषदको सिफारिशमा राष्ट्रपति भण्डारीले चुनावमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले मंगलवार विज्ञप्तिमार्फत जनाएका छन् ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्वत् २०७९ साल वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न “स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८” मा व्यवस्था भएअनुसार सुरक्षा निकायहरू एकीकृत तथा समन्वयात्मकरूपमा परिचालन गर्न नेपाली सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७८/१२/१७ को सिफारिश, मन्त्रिपरिषद्को मिति २०७८/१२/२४ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीज्यूको मिति २०७८/१२/२४ को सिफारिशबमोजिम सम्वत् २०७९ साल वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम मिति २०७८/१२/२९ मा स्वीकृति प्रदान गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*