एमालेले वैशाख ९ गते चुनावी घोषणापत्र जारी गर्ने

हेटौंडा खबर
२९ चैत्र २०७८, मंगलवार १७:४८

नेकपा एमालेले आगामी वैशाख ९ गते स्थानीय तहको निर्वाचनको घोषणापत्र जारी गर्ने भएको छ।

मंगलबार पार्टीका नेताहरुले बुझाएको सुझावपत्र ग्रहण गर्दै नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसको जानकारी दिएका हुन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधानले स्थानीय तहलाई दिएको अधिकारलाई हेक्का राखेर प्रतिवद्धता जारी गर्नुपर्ने बताए । उनले विगतमा गरेका कामको सम्झना गर्दै अब के गर्ने भन्ने कुराको ध्यान राखेर यसपटक नेकपा एमालेले गर्ने काम जनताले बुझ्ने गरेर निर्वाचनमा राख्ने बताए । उनले यस पटक नेकपा एमालेले जारी गर्ने स्थानीय तहको निर्वाचनको घोषणापत्र दुई किसिमका हुने जानकारी दिए ।


केन्द्रबाट जारी गरिने घोषणापत्रमा नेकपा एमालेले स्थानीय तहमा निर्वाचित भइसकेपछि र स्थानीय सरकारमा नेतृत्व प्राप्त गरिसकेपछि कुन क्षेत्रमा कसरी काम गर्ने भन्ने बारेको रहने उनको भनाइ छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले घोषणापत्र र प्रतिवद्धता जारी गर्दा स्थानीय तह र प्रतिनिधिसभाको निर्वाचनमा गरिने प्रतिवद्धताहरुको फरक ठाउँ भएकोले छ्यासमिस गर्न नहुने बताए।

यसमा तपाइको मत

Your email address will not be published.


*