वीरगन्जमा मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना पक्राउ

हेटौंडा खबर
२९ चैत्र २०७८, मंगलवार १८:०२

 वीरगन्ज महानगरपालिका–१५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुर बस्ने २० वर्षीय ऋषी पासवान र १९ वर्षीय सहिम मिया अन्सारी रहेका छन् ।

रौतहट फतुवा विजयपुर नगरपालिका–१० बस्ने लक्ष्मी चौधरीको ना.३५ प ५९१ नम्बरको मोटरसाइकल उनीहरुले चोरी गरेको प्रहरीले जनाएको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो । 

यसमा तपाइको मत

Your email address will not be published.


*