बालुवाटारमा सत्ता गठबन्धनको बैठक

हेटौंडा खबर
२९ चैत्र २०७८, मंगलवार १८:०९

सत्तारूढ गठबन्धनका दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ।
मंगलबार साँझ बसेको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै दलका शीर्ष नेताको सहभागिता छ।

बैठकमा वैशाख ३० गते हुने निर्वाचनमा गठबन्धन दलबीच तालमेलसहित विभिन्न विषयमा छलफल भएको छ।

गठबन्धनका दलहरूले यसअघि नै देशभरि चुनावी तालमेल गर्न अपिल गरिसकेका छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*