कुलमानको असन्तुष्टिपछि माओवादीले हटायो चुनावी पोस्टर

हेटौंडा खबर
३० चैत्र २०७८, बुधबार १२:०१

नेकपा माओवादी केन्द्रले आज मात्रै सार्वजनिक गरेको चुनावी पोस्टर हटाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङसहितको तस्बिर राखेर माओवादीमा भोट हाल्न अपिल गर्दै पोस्टर सार्वजनिक गरिएको थियो ।माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेसबुक पेजबाट पोस्टर सार्वजनिक गरिएको थियो । कुलमानसहित सामाजिक सञ्जालकर्ताले चौतर्फी आलोचनापछि उक्त तस्बिर प्रचण्डको पेजबाट हटेको हो ।

आफूलाई यसबारे कुनै सल्लाह नगरिएको भन्दै घिसिङले पोस्टर हटाउन मागसमेत गरेका थिए । सरकारी निकायका व्यक्तिको तस्बिर राखेर चुनाव प्रचार गरिएको भन्दै आलोचना बढेको थियो ।

माओवादीले लोडसेडिङ अन्त्य गराउन भूमिका खेलेका घिसिङसहित तत्कालिन ऊर्जामन्त्री तथा वर्तमान अर्थमन्त्री जनार्दन शर्माको तस्बिर पोस्टरमा राखेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*