सानिमा लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

हेटौंडा खबर
३० चैत्र २०७८, बुधबार १२:३१

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई ४.४२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

सञ्चालक समितिको मंगलबार बसेको बैठकले आव २०७६/७७ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ४.२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव प्रिती श्रेष्ठले जनाएकी छिन् ।बीमा समितिबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि उक्त लाभांश शेयरधनीहरुले पाउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*