प्रधानमन्त्री निवासमा विप्लव र प्रकाण्डको प्रवेश

हेटौंडा खबर
३० चैत्र २०७८, बुधबार १२:५६

प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँको निवास बालुवाटारमा नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले केहीबेर अघि भेटवार्ता गर्नुभएको छ ।

भेटवार्तामा गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पनि उपस्थिति थियो । उहाँहरुबीच बिहान १० बजेदेखि झण्डै आधा घण्टा कुराकानी भएको बताइन्छ ।

यसअघि ओली सरकारसँग भएको सम्झौताको अक्षरसः कार्यान्वयन, जेलमा रहेका नेता तथा कार्यकर्ताको रिहाइ र आगामी स्थानीय तहको निर्वाचनमा नेकपाको सहभागिताबारे छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*