जीतपुर-सिमरामा कांग्रेसले गठबन्धन मानेन, एक्लै चुनाव लड्ने

हेटौंडा खबर
३० चैत्र २०७८, बुधबार १२:५९

सत्तारुढ नेपाली कांग्रेसले बाराको जीतपुर-सिमरा उपमहानगरपालिकामा एक्लै स्थानीय तह निर्वाचन लड्ने निर्णय लिएको छ।

पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको अवस्थामा जीतपुर-सिमरा उपमहानगरपालिकामा कांग्रेस एक्लै अघि बढ्ने अवस्थामा पुगेको छ।

गठबन्धनले स्थानीय संयन्त्रमार्फत तालमेल र उम्मेदवारको टुंगो लगाउने नीति लिएको अवस्थामा विरोध भइरहेको छ।

कार्यकर्ताको भावना विपरीत तालमेल र भागबण्डा गरिएको भन्दै जीतपुरसिमरा उपमहानगरपालिकामा कांग्रेसले एक्लै चुनाव लड्ने घोषणा गरेको छ।

जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रलाई प्रमुख पद दिएर तालमेल गर्न खोजिएको भन्दै कांग्रेसले त्यसअघि नै एक्लै निर्वाचनमा जाने घोषणा गरेको हो।

नेपाली कांग्रेस बारा क्षेत्र नं. ४ (क) र जीतपुरसिमरा नगर समितिको बैठकले एक्लै चुनाव लड्ने निर्णय गरेको हो।

कांग्रेस ४(क) का सभापति सुमनकुमार भट्टराईले कांग्रेस एक्लै चुनाव लड्न सक्षम भएकाले त्यही अनुसार निर्णय गरिएको बताएका छन्।

जीतपुरसिमरा नगर समितिका सभापति छविलाल शर्माले कार्यकर्ताको भावनालाई सम्मान गर्दै कसैसँग तालमेल नगरी एक्लै चुनावमा जाने निर्णय गरेको जानकारी दिए। गठबन्धनको नाममा अर्को दलको उम्मेदवारलाई नस्विकार्ने बताउँदै शर्माले पार्टीको अस्तित्व जोगाउन एक्लै लड्ने उल्लेख गरे।

उता अर्को सत्ता साझेदार नेकपा माओवादी केन्द्रले पनि जीतपुरसिमरा उपमहानगरपालिकाको मेयरमा दाबी गरेको छ। माओवादीबाट यहाँ राजन पौडेल दाबेदार छन्। २०७४ को स्थानीय तह निर्वाचनमा उनले तेस्रो मत ल्याएका थिए।।

त्यहाँ एमालेका डा. कृष्ण पौडेल विजयी भएका थिए। पौडेलसँगै माओवादीबाट संविधान सभाका सदस्य जयराम दहाल र माओवादी केन्द्र बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ पनि दाबेदार हुन्।

यसमा तपाइको मत

Your email address will not be published.


*