चीनमा कोरोना भयावह, भारतसम्म पुग्यो नयाँ भेरियन्ट

हेटौंडा खबर
३० चैत्र २०७८, बुधबार १३:१०

कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्टले चीनमा भयावह अवस्था सिर्जना गरेको छ ।चीनमा पछिल्लो २४ घण्टामा १ हजार ५०० नयाँ संक्रमित फेला परेका छन्, जसमध्ये सांघाईमा मात्रै १ हजार १८९ संक्रमित फेला परेका छन् ।

कोरोना संक्रमित बढ्दै गएपछि सांघाईमा कडा लकडाउन भएको छ । कोरोना लकडाउनका बेला खाद्यान्नको अभाव समेत देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट भारतसम्म पुगेको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ । रिपोर्टअनुसार भारतका २ प्रदेशमा नयाँ भेरियन्ट फेला परेको छ ।हङकङ पोस्टका अनुसार सांघाईका स्थानीयलाई एकछाक खाना मात्रै उपलब्ध भइरहेको छ । सांघाईमा महामारीको स्थिति बिग्रिँदै गइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*