दुई जलविद्युत कम्पनीको आईपीओ आउँदै, बोर्डले दियो अनुमति

हेटौंडा खबर
३० चैत्र २०७८, बुधबार १३:५४

नेपाल धितोपत्र बोर्डले दुई वटा जलविद्युत कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । बोर्डले विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र दोर्दी खोला जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।

बोर्डको अनुमति पाएसँगै विन्ध्यवासिनी हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित २५४ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता आईपीओ बिक्री खुलाउने छ । कम्पनीको यस आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

यसैगरी, दोर्दी खोला जलविद्युत कम्पनी कम्पनीले २९ करोड ५१ लाख ९२ हजार रुपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता सेयर बिक्री गर्ने छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*