कमल थापाकी छोरी प्रतिष्ठाद्वारा राप्रपा परित्याग

हेटौंडा खबर
३० चैत्र २०७८, बुधबार १३:५३

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाको छोरी प्रतिष्ठा थापा रायमाझीले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा परित्याग गरेकी छिन् । गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित उनले  साधारण सदस्य समेत नरहने गरि राप्रपाबाट राजीनामा दिएकी हुन् ।

राप्रपा पार्टी र नेतृत्वमा केही महिनादेखि देखिएको सैद्धान्तिक र नैतिक विचलनका कारण आफूले भारी मनका साथ पार्टी परित्याग गर्नुपरेको उनले राजीनामा पत्रमा उल्लेख गरेकी छन् ।केही दिनअघि थापाका भतिजा अभिषेक थापाले पनि राप्रपा परित्याग गरेका थिए । पछिल्लो समय लिङ्देन नेतृत्वको राप्रपा छोडेर थापा नेतृत्वको राप्रपा नेपालमा आउने क्रम तीव्र रुपमा चलेको छ । मंगलबार मात्र राप्रपा केन्द्रीय सदस्य युवती कार्कीले पनि पार्टी छाडेकी थिइन् ।


यसमा तपाइको मत

Your email address will not be published.


*