सेयर कारोबार अवधिभर फ्लोरसिट हेर्न नपाइने, ब्रोकर डिस्प्ले पनि खुला गर्न निर्देशन

हेटौंडा खबर
३० चैत्र २०७८, बुधबार १४:१८

नेपाल धितोपत्र बोर्डले सेयर कोरोबार अवधिभर फ्लोरसिट हेर्न नपाउने व्यवस्था गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको छ ।

हाल कारोबार समयमा नै फ्लोर सिटमार्फत कारोबारमा संलग्न ब्रोकर तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेको छ ।

उक्त विवरण हटाउन सरोकारवाला पक्षबाट सुझाव तथा गुनासो आएपछि कारोबार सकिएपछि मात्र फ्लोरसिट हेर्न पाउने व्यवस्था गर्न नेप्सेलाई पत्राचार गरिएको बोर्डले जनाएको छ ।

यता, बोर्डले कोभिड १९ को न्यूनीकरणका लागि तोकिएको सुरक्षा व्यवस्थाहरुको पालना गरी ‘स्क्रिन एग्जिविसन रुम’ (सेयर कारोबार हेर्ने डिस्प्ले) सुचारु गर्न पनि ब्रोकरहरुलाई निर्देशन दिएको छ ।

लगानीकर्ताले अब पुनः ब्रोकर कार्यालयमा बसेर सेयर कारोबार विवरण हेर्न सक्नेछन् । कोरोना महामारी फैलिएपछि भिडभाड नहोस् भन्ने उद्देश्यसहित ब्रोकरहरुको स्क्रिन एग्जिविसन कक्ष बन्द रहँदै आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*