माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि दरखास्त आह्वान

हेटौंडा खबर
३० चैत्र २०७८, बुधबार १४:४२

शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले शिक्षक सेवा आयोगको नियमावली, २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) वा नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्यूनतम योग्यता र तालिम वा योग्यता पुगेका इच्छुक उमेदवारहरूका लागि बुधबार दरखास्त आह्वान गरेको हो ।

आयोगका अनुसार २०७९ वैशाख २९ गतेसम्म सिंगल दस्तुर र जेठ ५ गतेसम्म दोब्बर शुल्क तिरी आवेदन दिन सकिनेछ । परीक्षा असार १८ मा सञ्चालन हुनेछ ।

परीक्षा आवेदन फाराम अनलाइनबाटै भर्ने व्यावस्था गरिएको सूचनामा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*