शिवम् सिमेन्टको सर्वाधिक रू. ४ करोड १९ लाख बराबरको शेयर खरीदविक्री

हेटौंडा खबर
३० चैत्र २०७८, बुधबार १४:४९

साताको तेस्रो कारोबार दिन बुधवार बजार खुलेको साढे दुई घण्टाको अवधिमा कारोबारमा आएका २१६ धितोपत्रमध्ये शिवम् सिमेन्टको धितोपत्रको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।

सो अवधिमा कम्पनीको रू.४ करोड १९ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.९८९ दशमलव ५० मा कारोबार भइरहेको छ ।यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ९ दशमलव ०६ अंक बढेर २ हजार ३९४ विन्दुमा पुगेको छ ।

उक्त अवधिसम्ममा कुल रू.७४ करोड ४९ लाख बराबरको शेयर खरीदविक्री भएको  छ।

यसमा तपाइको मत

Your email address will not be published.


*