कोरोनाका कारण यो वर्ष झन्डै नौ हजारले ज्यान गुमाए

हेटौंडा खबर
३० चैत्र २०७८, बुधबार १४:५७

कोभिड–१९ संक्रमणका कारण नेपालमा पछिल्लो एक वर्षमा आठ हजार ८९३ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकानुसार वर्ष २०७८ मा मात्रै सो संख्यामा नागरिकले ज्यान गुमाएका हुन् ।

यस्तै, यो वर्ष ६ लाख ९७ हजारजना संक्रमित भएका छन् । यो पीसीआर परीक्षणअनुसारको तथ्यांक हो ।

नेपालमा हालसम्म पीसीआर र एन्टिजेन परीक्षणमार्फत ११ लाख १८ हजार ७६९ जनामा कोभिड–१९ पुष्टि भएको छ । कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ९५१ पुगेको छ ।

अहिले देशभर ५५४ जना सक्रिय संक्रमित छन् । पछिल्ला दिनहरूमा दैनिक थपिने संक्रमितको संख्या ३० भन्दा कम छ भने मृत्यु शून्य रहेको मन्त्रालयको तथ्यांक छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*