हरियालीका साथ नेप्सेले गर्यो यस वर्षलाई बिदाई

हेटौंडा खबर
३० चैत्र २०७८, बुधबार १५:४३

यस वर्षकाे अन्तिम काराेबार दिन आज (बुधबार) सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । नेप्से परिसूचक दाेहाेराे अंकले घट्दा काराेबार भएका १३ वटै उपसमूह उकालाे लागेका छन् । निरन्तर घटेकाे बजारमा हरियाली देखिँदा लगानीकर्ताहरू पनि उत्साहित छन् ।

यस वर्षकाे सेयर बजार लगानीकर्ताहरूका लागि सुख र दुख दुवैको मिश्रण रह्यो । बजारले अल टाईम हाई रेकर्ड बनाएको सुखद पलसँगै नियामक निकायहरूले नियमन भन्दा पनि नियन्त्रणमा जोड दिएका तितो यथार्थहरू यही वर्षमा लगानीकर्ताहरूले अनुभव गर्न पाए । अब नयाँ वर्षकाे सुरूवातसँगै बजारमा पनि नयाँ उछाल कायम हुने चर्चित विश्लेषकहरूले प्रक्षेपण गरिसकेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३०.२४ अंकले बढेर २४१५.२४ विन्दुमा पुगेकाे छ । नेप्से १.२७ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.९७ अंकले बढेर ४५६.०९ विन्दुमा पुगेकाे छ ।

कूल २२९ वटा कम्पनीकाे ३३ लाख ९८ हजार ६ सय ४३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४७ करोड ६३ लाख १८ हजार एक सय ४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ ।

सबैभन्दा धेरै अन्य समूह बढेकाे छ ।बुधबार शिवम् सिमेन्टकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ८ कराेड ४३ लाख ३४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।आज नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर २ हजार २ सय ६२ रूपैयाँ ७० पैसा पुगेकाे छ ।त्यसैगरी, यस दिन युनाइटेड इदी मार्दीकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीले सेयरमूल्य २.०८ प्रतिशतले घटेर प्रतिकित्ता ९ सय ४८ रूपैयाँमा झरेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*