दुई दिनको गिरावटपछि बुधबार ३० अंकले सुधारियो नेप्से

हेटौंडा खबर
३० चैत्र २०७८, बुधबार १५:५०

अघिल्ला दुई दिन दोहोरो अंकले झरेको सेयर बजार परिसूचक नेप्सेमा बुधबार सुधार आयो । सोमबार ४४ र मंगलबार ३४ अंकले नेप्से झरेको थियो । बुधबार नेप्से ३०.२४ अंकले बढेर २४१५.२४ कायम भयो ।

यसदिन कारोबार भएका सबै उपसूचकमा सुधार आए पनि कारोबार परिमाण भने सुधारिएन । यसदिन २२९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता सेयर एक अर्ब ४७ करोड रुपैयाँबराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बुधबार पनि नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।

यसदिन १६४ कम्पनीको सेयर भाउ बढ्यो । २५ कम्पनीको सेयर भाउ घट्यो । ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

यसमा तपाइको मत

Your email address will not be published.


*