नवौँ राष्ट्रिय खेलकुद २२-२८ जेठमा हुने

हेटौंडा खबर
३० चैत्र २०७८, बुधबार १५:५६

आगामी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सामाजिक सञ्जालमार्फत सो घोषणा गरेका हुन् ।

नवौँ राष्ट्रिय खेलकुद पर्यटकीय शहर पोखरामा हुनेछ । मन्त्री गहतराजले  लेखेका छन्- ‘नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता’ आगामी २०७९ साल २२-२८ जेठमा गण्डकी प्रदेशको राजधानी तथा सुन्दर पर्यटकीय नगरी पोखरामा गर्ने ऐतिहासिक निर्णय गरेको छ।

यसअघि आठौँ राष्ट्रिय खेलकुद सुदूरपश्चिम नेपालगन्जमा आयोजना भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*