छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा मकवानपुरका ३ शिक्षक पक्राउ

हेटौंडा खबर
३ बैशाख २०७९, शनिबार १४:२१

बिद्यालयमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा मकवानपुरमा ३ जना शिक्षक पक्राउ परेका छन् ।

मकवानपुरको बागमती गाउँपालिका–८, शान्तिपुरस्थित जनता माविका तीन जना शिक्षक पक्राउ परेका हुन् । विद्यालयमा कक्षा ४, ५, ६, ७ र ८ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गर्ने ३ जना शिक्षकलाई कारबाही नगरिएको भन्दै विद्यार्थीले केहिदिन अघि विद्यालयमा तोडफोड गरेका थिए ।

यौनदुर्व्यवहार गर्ने शिक्षकविरुद्ध चैत्र २४ गते राति विद्यालयमा अध्यनरत विद्यार्थीका अभिभावकहरुले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दिएका थिए ।  उजुरी परेपछि शिक्षकहरु फरार भएका थिए।

विद्यालयका शिक्षक रुद्रबहादुर विक, हेमबहादुर विक र लोकबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले शुक्रबार साँझ शिक्षकहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । प्रवक्ता कार्की अनुसार पक्राउ परेका तीनै जना शिक्षकहरुमाथि आवश्यक अनुसन्धान भईरहेको छ ।

शिक्षकहरुले आफूहरुलाई गलत नियतले छुने गरेको छात्राहरुको आरोप छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*