हेटौंडामा ‘मेयर’ कांग्रेसले छाड्दैन : कांग्रेस मकवानपुर (भिडिओ)

हेटौंडा खबर
३ बैशाख २०७९, शनिबार २१:५१

हेटौडा उपमहानगरपालिकाको मेयर कांग्रेसले नछाड्ने कांग्रेस मकवानपुरले बताएको छ ।

गठबन्धनको सबै भन्दा ठुलो दलका हिसावले हेटौंडाको मेयर कांग्रेसले नै पाउनुपर्ने कांग्रेस मकवानपुरका सचिव भिमसेन महतले बताएका छन् । हेटौंडाखबर संग कुराकानी गर्दै उनले भने,’ हामि ठुलो दल भएकाले पनि हेटौंडाको मेयर कांग्रेसले पाउनुपर्छ, अर्कोकुरो अघिल्लो चुनावमा कांग्रेसले केहि प्राविधिक कारणले मात्र थोरै मतले हार बेहोर्नु परेको हो’ कांग्रेसको दावी मेयर हो, मेयर छाड्दैन’, ।

उनले अबको केहि दिनमा गठबन्धनको उम्मेदवारहरु र स्थानीयतहको भागबण्डा टुंगिने बताएका छन् । गठबन्धनका दलहरु संग पटकपटक बैठक बसी सहमति हुने किसिमको कुराकानी भैरहेको उनले जानकारी दिए ।

अघिल्लो निर्वाचनमा कांग्रेस मावोबादीकोको गठबन्धनका उम्मेदवार कांग्रेस नेता आनन्दराम पराजुलीलाई जम्मा ५१६ मतले पराजित गर्दै एमालेका हरि बहादुर महत मेयर बनेका थिए । महतले २३ हजार १२४ मतका साथ जित हासिल गर्दा काँग्रेसका पराजुलीले २२ हजार ७०९ मत पाएका थिए । पराजुलीको पक्षमा खसेको ७ हजार २०४ मत बदर भएको थियो ।

अहिले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चा विच गठबन्धन भएको छ । यद्दपी ५ दलीय गठबन्धनले अझै स्थानीयतहको भागबण्डाको टुंगो लगाउन र उम्मेदवार छान्न सकेको छैन ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*