एमाले अध्यक्ष ओली हुम्लामा

हेटौंडा खबर
४ बैशाख २०७९, आईतवार ११:२०

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हुम्ला आएका छन्। उनी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन केन्द्रित कार्यक्रमलाई सम्बोधन गर्न तथा कैलाश मानसरोवर दर्शनका लागि आइतबार बिहान यहाँ आएका हुन् ।

नेपालगञ्जबाट सिम्रिक एयरको हेलिकप्टरबाट अध्यक्ष ओलीसहितको टोली सिमकोट पुगेको हो । सिमकोट बिमानस्थलमा केही समय विश्रामपछि उनको टोली हेलिकप्टरबाट लिमीतर्फ गएका छन् ।

लिमीबाट हेलिकप्टरमा लाप्चाजाने र नेपाली भूमिबाटै कैलाश मानसरोवरको दर्शन गर्ने कार्यक्रम रहेको एमाले हुुम्लाका अध्यक्ष कलबहादुुर हमालले बताए ।

लाप्चाबाट मानसरोवरको दूरदर्शनपछि लिमीको हल्जीगाउँमा स्थानीयद्वारा गर्ने स्वागत कार्यक्रममा उनी सहभागी हुुने छन् । पर्यटकीय तथा संरक्षित क्षेत्र लिमीउपत्यकाको पनि हेलिबाट अवलोकन गर्ने कार्यक्रम रहेको छ ।लिमीबाट सिमकोट फिर्ता भएपछि सिमकोटमा हुने चुनावी सभालाई सम्बोधन गर्ने छन् । त्यसपछि ओली दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको श्रीनगर जाने छन् ।

त्यहाँ पनि चुनावी सभालाई उनले सम्बोधन गर्ने कार्यक्रम छ । ओली आएपछि हुम्लाको सुरक्षाव्यवस्था कडा पारिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*